२०८३ भाद्र २९ सोमबार

गरिमा विकास बैंकको नयाँ शाखा कार्यालय स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा सञ्चालन

ई आर्थिक    बुधबार, बैशाख ३१ २०८२
4.1K
Shares
गरिमा विकास बैंकको नयाँ शाखा कार्यालय स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा सञ्चालन

ई-आर्थिक, काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा  नयाँ शाखा कार्यालयहरु सञ्चालनमा  ल्याएको छ ।

ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडले मिति २०८२ बैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष  सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष  दिलिप प्रताप खाँडज्यूले संयुक्त रुपमा गर्नुभएको हो ।

त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष  सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष  दिलिप प्रताप खाँडज्यूले संयुक्त रुपमा गर्नुभएको हो । समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म/ कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij