२०८३ भाद्र २९ सोमबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२.६३ प्रतिशत लाभांश वितरण प्रस्ताव

ई आर्थिक    बुधबार, बैशाख २४ २०८२
3.9K
Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १२.६३ प्रतिशत लाभांश वितरण प्रस्ताव

ई-आर्थिक, काठमाडौं ।   रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १२.६३१५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ।

बैशाख  २३ गते बसेको कम्पनीको १५१ औँ सञ्चालक समितिको बैठकले ४ अर्ब ६४ करोड रुपैयाँको चुक्ता पूँजीमा आधारित रही सो लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले १२ प्रतिशत बोनस शेयर (५५ करोड ६८ लाख रुपैयाँ बराबर) र ०.६३१५ प्रतिशत नगद लाभांश (२ करोड ९३ लाख रुपैयाँ बराबर) प्रस्ताव गरेको छ। नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्र हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij