२०८३ भाद्र २९ सोमबार

सुन तोलामा एक हजारले सस्तियो, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    शुक्रबार, बैशाख १२ २०८२
3.5K
Shares
सुन तोलामा एक हजारले सस्तियो, कतिमा हुदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्य सामान्य घटेको छ ।  आज सुन तोलमा एक हजार रुपैयाँले घटेको हो । केही दिनदेखि बजारमा सुनको मूल्यमा घटबढ भैरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो।  हिजो बिहिबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दश रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij