ई-आर्थिक, काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा गोबिन्द घिमिरेले आजबाट जिम्मेवारी समालेका छन् ।
गत फागुनमा बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । हिजोदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएका छन् ।
बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई सीईओ नियुक्त गरेको बैंकको थियो ।
बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव हासिल गरिसकेका घिमिरेलाई बैंकले दुई वर्ष अगाडी नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो । एनएमबी बैंले यस पटक पनि आफैले प्रमुख कार्यकारी अधिकृत तयार पारेको हो ।
घिमिरे सन् २००९ देखि एनएमबि बैंकमा कार्यत छन् । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।