ई-आर्थिक, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ बाँडफाँट गरेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट भएको हो ।
१८ लाख ८० हजार ४५७ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका मध्य १९ हजार ५७७ जनाले मात्र सेयर हात परेका छन् । जस अनुसार १९ हजार ५७७ आवेदकले १० कित्ताका भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बतायो ।