ई-आर्थिक, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
संस्थाले गत फागुन १८ गतेदेखि आज फागुन २१ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको बराबरको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो । उक्त लघुवित्तको सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आवदेन दिन सकिन्छ ।
एफपीओमा न्यूनतम १० कित्ताका देखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।