काठमाडौं महानगरपालिकामा पूर्वाधार निर्माणको ‘ठेक्का’मा सबै भन्दा कम बोलपत्र दातालाई षड्यन्त्रपूर्वक पाखा लगाइन्छ अनि करोडौँ कमिसनमा ठेक्का स्वीकृत गरिन्छ।
ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको पूर्वाधार विकासमा करोडौँको भ्रष्टचार गरेको तथ्य ई–आर्थिकलाई प्राप्त भएको छ । प्राप्त समाचार अनुसार काठमाडौँको पश्चिम क्षेत्रमा सडक मर्मत गर्न भनि रु ६६ करोडको टेण्डर ठेक्का नं. ३९-७०-०८०/८१ मा प्रकासित भयो । उक्त टेण्डरमा P.R.K and K.G अम्बुजा जेवि लगायत ७ वटा निर्माण कम्पनीले टेन्डर हाले तर पछि P.R.K and K.G अम्बुजाको टेन्डर नपर्ने भएपछि महानगरपालिका प्रमुखको सचिवालयका कर्मचारीको सेटिङ्गमा पुनः ठेक्का नं.३९-७०-०८०/८१ NCBW/K.M.C गोरखापत्र दैनिकमा पुनः टेण्डर सुचना प्रकाशित गरियो र सोही P.R.K AND K.G अम्बुजालाई ठेक्का पार्ने प्रबन्ध मिलाइएको समाचार स्रोतले दाबी गरेको छ ।
स्रोतले भनेको छ, ‘अनुसार भद्रकाली परिषर मन्दिर निमार्णमा अमरपशुपति पूर्णलक्ष्मी जे.वि, पि.आर.के एण्ड के.जी अम्बुजा जे.वि लगायत ४ वटा फर्मलेनै टेन्डर पारेका थिए तर ४५ प्रतिशत कम वोलकवोल गर्ने अरु फर्मलाई पाखा लगाएर पि.आर.के एण्ड के.जी अम्बुजा ले नै टेन्डर हात पार्यो । यो करिब ३१ करोडको परियोजना हो । ३१ करोडमानै धुलोरहित काठमाडौँ गौरवको परियोजना ८० करोड, दरबारमार्ग ग्रेनाइट विछ्याउने परियोजना १८ करोड, हनुमानढोका फुटपाथ निर्माण, पूर्वाधार एम्बुलेन्स, धुलोरहित सडक पूर्वाधार सडक १८ करोड, पूर्वक्षेत्र धुलोरहित परियोजना समेत करिब दुई अर्ब पचहत्तर करोडका पूर्वाधार सम्बन्धि परियोजनाहरुमा ४० देखि ५० प्रतिशतसम्म कम बोलकवोल गर्ने निर्माण कम्पनीलाई कसरी पाखा लगाइन्छ अनि लगत इस्टिमेट बराबरको रकम कवोल गर्ने पि.आर.के एण्ड के.जी को लोकप्रिय ब्राण्डलाई ठेक्का ढिला हुन्छ र करोडौँको भ्रष्टचार हुन्छ ।’
कसरी गरिन्छ त ? काठमाडौँ महानगरको पूर्वाधारमा काट्रेलिङ्ग र करोडौँको भ्रष्टचार ? को-को संलग्न छन त ? अरबौँको बजेट रहेको काठमाडौँ महानगरपालिकामा लोकप्रियताको आवरणमा भइरहेको भ्रष्टाचारको निलोक्रान्तिलाई अभियानको रुपमा ई-आर्थिकले भण्डाफोर गर्दै जानेछ ।

काठमाडौं महानगरपालिकाको पूर्वाधार विकास समन्वय समितिको तेस्रो बैठकमा मेयर बालेन शाह निर्देशन दिंदै । फाइल फोटो
पहिलो उदाहरणः
काठमाडौँ पश्चिम क्षेत्रमा सडक मर्मत गर्न भनि रु ६६ करोडको टेन्डर गरियो यसमा टेन्डर हाल्ने थिए महालक्ष्मी पाण्डे एण्ड पाण्डे कम्पनी जे.वि, अमर पशुपति पूर्णलक्ष्मी जे.वि ड्रागन रनिसेन्स-रमिता जे. वि, वल्डवाईज कोहिनुर जे.वि, पि.आर.के एण्ड के.जी अम्बुजा जे.वि, आरोग्य के वि के.जि, नेपाल आदर्श निर्माण कम्पनी समेतले टेण्डर हालेका थिए । यो परियोजना थियो Road construction and Maintenance works at west sector ( ward no. 13-14-15-16) of KMC-IFB No.39-7-08008/NCBW/KMC यसको लागत थियो ६६ करोड।काठमाडौँ महानगरपालिका खरिद इकाइले पाँच वटा निर्माण कम्पनि 1.Nepal Aadarsha Nirman Company Pvt Ltd, 2. Amar Pashupati – purnalaxmi J.V 3.World- wide- Kohinoor J.V 4.P.R. K and K.G Ambuja J.V लाई बोलपत्रमा प्रविधिक सफल छनौट गरि आर्थिक प्रस्ताव खोलिने भन्ने मिति२०८१-७-२७ मा गोरखापत्रमा सूचना प्रकाशित भयो । अब यस बिन्दुबाट मिलेमतो, कार्टेलिङ्ग, वार्गेनिङ्ग र प्रतिस्पर्धालाई सिमित गराई कम बोलकवोल गर्ने निर्माण कम्पनीलाई पाखा लगाउने र बढी बोलकवोल गर्नेलाई टेन्डर दिने षड्यन्त्र सुरु हुन्छ ।
यसको लागि मुद्दा मामिला र उजुरी गर्ने जिम्मा प्रविधिक प्रस्तावमानै फेल भएको निर्माण कम्पनी Dragon- Renaissance- Ramita J.V लाई जिम्मा दिइन्छ र ६६ करोडको यस परियोजनालाई PR-K and K.G Ambuja J.V ले ६ करोडको कमिसन दिने ग्यारेन्टी गरिन्छ । यसमा काठमाडौँ महानगरपालिकाका खरिद इकाइका प्रमुख सहित २ जना मेयरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल, प्रविधि सल्लाहकार सुदिप ढकाल, अर्को सल्लाहकार कुमार बेन, कानुन विभाग प्रमुख बसन्त आर्चाय, सचिवालय प्रमुख भुपदेव शाह सहितको मिटिङ्ग ललितपुरको एक होटलमा बस्दछन । जहाँ अरु भद्रकाली, हनुमानढोका, दरबारमार्ग जस्ताका परियोजना समेतमा कमिसनको डिलिङ्ग भएको थियो ।
यसलाई सफल बनाउन पहिलो उजुरी प्रविधिक प्रस्तावमा सफल भएको PR-K and K.G को तर्फबाट काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष Email मार्फत पूनरावलोकन गरिपाउँ भनि उजुरी गरिन्छ । सोही उजुरीलाई सनाखतै नगरी का.म.ना.पा को खरिदले दर्ता गरिन्छ र पूर्व षड्यन्त्र योजना बमोजिम प्रमुख प्रशासकिय अधिकृत आफैँ मातहत रहेको खरिद इकाइले गरेको निर्णय मिति २०८१-७-१५ गते उजुरी खारेज गर्दै सदर गरिन्छ ।
अव भने सार्वजानिक खरिद पूनरावलोकन समिति मार्फत PR-K and K.G Ambuja J.V लाई सफल बनाउने षड्यन्त्र बमोजिम प्रविधिक प्रस्तावमानै फेल भएको Dragon-Renaissance-Ramita J.V लाई कमिसन दिने सर्तमा प्राविधिक प्रस्तावमा पास भएका नेपाल आदर्श निर्माण कम्पनि, अमर पशुपति पूर्णलक्ष्मी जे.वि , बल्डवाइड कोहिनुर ,लाई प्रतिस्पर्दामा हटाई P.R.K and K.G Ambuja J.V लाई मात्र आर्थिक प्रस्तावमा सहभागि गराई टेण्डर दिनुपर्ने माग सहित सार्वजानिक खरिद पूर्नरवालोकन समितिमा उजुरी हाल्न लगाइन्छ ।
यसमा सार्वजानिक खरिद कानुनले काठमाडौँ महानगरपालिकामा उजुर गर्ने निर्माण कम्पनीले निर्णयमा चित्त नबुझेमा सार्वजानिक खरिद पूनरवालोकन समितिमा जानुपर्ने हो तर कमिसन बाँडफाँड मिलाएर प्रविधिक प्रस्तावमानै असफल भएको Dragon- Ramita J.V लाई पूर्व षड्यन्त्र अनुसार उजुरी हाल्न लगाइन्छ । जबकी उक्त निर्माण कम्पनीको पक्षमा सावर्जनिक खरिद अनुगमन कार्यलयले निर्णय गरेपनि उसले ठेक्का पाउने अवस्था नै थिएन । यसरी सरोकारनै नभएका अरु निर्माण कम्पनिलाई सानातिना कुरा नरहेको भनि उजुरी गर्ने र सेटिङ्गमा सावर्जानिक खरिद पूनरवालोकन बाट निर्णय गराई P.R.K and K.G Ambuja J.V समेत २ वटा निर्माण कम्पनीलाई मात्र आर्थिक प्रस्तावमा सहभागी गराउने भनि निर्णय गराईन्छ। यसबाट प्रस्ट के देखिन्छ भने ६ करोडको कमिसन खेल भित्र सार्वजानिक खरिदको कार्यविधि प्रक्रियालाई खुल्ला पारदर्शी, प्रतिस्पर्धी, वस्तुनिष्ट र बिश्वासनीय बनाउनु पर्ने दायित्व बोकेका राज्यका संयन्त्र समेतलाई सेटिङ्गमा किन्ने र काठमाडौँ महानगरका विषेशत मेयरका सल्लाहकारबाट ठेक्केदारसँग करोडौँ बार्गेनिङ्ग गरि काठमाडौँ महानगरका प्राय सबै भौतिक पूर्वाधार सम्बन्धि ठेक्का एकै ठेकेदार वा सोही समुह भित्रकालाई मात्रै सेटिङ्ग मिलाई दिने स्रोतले दाबी गरेको छ । यस सम्बन्धमा सम्मानित अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी परि अनुसन्धानमा रहेको बुझिएको छ । सस्तो लोकप्रियताको आवरणमा सोझासाझा नगरबासिले तिरेको करको अत्यूत्तम प्रयोग गरी कार्य गर्नुपर्नेमा पूर्वाधार क्षेत्रमा संगठित समूह बनाई सेटिङ्गमा कम कवोल गर्नेलाई पाखा लगाई बढी कवोल गर्ने निर्माण कम्पनिलाई ठेक्का दिई कार्यलयलाई करोडौँ हानी पुराएको आम जनमानसमा व्यप्त छ । यसप्रति सम्बन्धित निकायले सशक्त कारबाही गर्न ढिला गर्न नहुने सरोकारवाला बताउँछन् ।
विश्वसिलो स्रोतबाट प्राप्त यो समाचारको फलोअप आगामी अंकमा प्रकाशित/प्रशारित गरिनेछ ।