ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज सुन प्रतितोला दुई हजार ३ सय रूपैयाँले बढेको छ ।
बजारमा आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ८ सय रूपैयाँ कारोबार भैरहेको छ । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५ सय रूपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साथै आज चाँदी प्रतितोला ३५ रूपैयाँले बढेको छ। बजारमा प्रतितोला चाँदीको मूल्य एक हजार नौसय ६५ रूपैयाँ निर्धारण गरिएको छ।