२०८३ साउन ११ सोमबार

अदालतको आदेशसंगै हेटौंँडा उपमहानगरपालिकाले गर्‍यो फोहर संकलन स्थगन

ई आर्थिक    बिहिबार, माघ २४ २०८१
2.8K
Shares
अदालतको आदेशसंगै हेटौंँडा उपमहानगरपालिकाले गर्‍यो फोहर संकलन स्थगन

ई-आर्थिक, मकवानपुर ।  आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चितकालका लागि स्थगन गरिएको छ।

मंगलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न उपमहानगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेसँगै फोहर संकलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरको कार्यालयले आज सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहर संकलन स्थगन गरिएको उल्लेख गरेको हो।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहर नफाल्न आदेश जारी गरेको बताउँदै उपमहानगरसँग वैकल्पिक स्थान नभएकाले तत्कालफोहर उठाउन रोक्नु परेको उल्लेख गरे।

दुईसाता अघि राप्ती तटमा रहेको फोहर संकलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर रेका थिए।

सोको सुनुवाइ गर्दै न्यायाधीश डा निर्मला पौडेल भट्टराईको एकल इजलासले गत मंगलबार राप्ती तटमा फोहर फाल्न नलगाउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij