४ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सहरीबिकास मन्त्री अर्जुननरसिंह केसीले पार्टीले स्थानिय निर्वाचनमा जनतामा भिजेको र उमेद्धवारको सही पहिचान गर्न नसक्दा हार बेहोर्नुपरेको बताउनुभएको छ ।
नेपाली कांग्रेस तारकेश्वर गाँउपालिकाद्धारा तारकेश्वर काठमाण्डौ सम्पर्क समिती शुभारम्भ समारोहको उद्घाटन कार्यक्रममा बोल्दै केशीले अब पार्टीलाई सांगठनिक रुपमा बलियो बनाउँदै बिगतका कमीकमजोरीहरुलाई आत्मसमिक्षा गर्र्दै पार्टीलाई बलियो बनाउन सबै तह र तप्काबाट लाग्नुपर्ने बताउनुभयो ।
कांग्रेसको पकड क्षेत्रको रुपमा रहेको नुवाकोटमा समेत पार्टीको अपरिपक्वताको निर्णयले हार बेर्होनुपरेको भन्दै आगामी दिनहरुमा जनताको अभिमतलाई कदर गर्दै अगाडि बढ्ने बताउनुभयो ।

त्यसैगरी तारकेश्वर गाँउपालिकाका कांग्रेस पार्टी संयोजक होमबहादुर तामाङले पार्टीलाई सशक्तता दिन र थप चलायमान बनाउन नेपाली कांग्रेस पार्टीको तारकेश्वर काठमाण्डौ सम्पर्क समिती गठन गरिएको बताउँदै यसले समग्र तारकेश्वर बिकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
त्यसैगरी युवा नेता शिव अधिकारीले तारकेश्वर भित्रका कमीकमजोरीलाई खोज्दै नमुना र समुन्नत तारकेश्वरको अभियान स्वरुप सम्पर्क समिती गठन गरिएको बताउनुभयो ।

उहाँले केही तत्वहरु आफ्नो तारकेश्वर बिकासको अभियानलाई खुईलाउन उद्धत रहेको भन्दै त्यस्ता तत्वहरुको पहिचान गरि पराजित मानसिकता बोक्नेहरुलाई पाठ पढाउन आफु सक्षम रहेको चेतावनी दिनुभयो ।
उहाँले सम्पर्क समितीसँग समन्वय गरेर तारकेश्वरको मुहार फेर्नको लागि आफ्नो अभियान जारी राख्ने पनि बताउनुभयो । उक्त भेलाले ६ महिना भित्र निर्वाचन गर्नेगरी गाँउपालिका संयोजक होम बहादुर तामाङको संयोजकत्मा २१ सदस्यीय तदर्श समिती गठन गरेको छ ।
सदस्यहरु
१. सन्तलाल तामाङ
२. निकेश अधिकारी
३. जनार्जन अधिकारी
४. राम चन्द्र घिमिरे
५. देव राज अधिकारी
६. प्रकाश रोक्का
७. अर्जुन सिग्देल
८. केशब ढुंगाना
९. कृष्ण रिमाल
१०. राजकुमार के. सि
११. सुदर्शन वोस्ती
१२. केशब पन्डित
१३. रामकुमार भट्टराई
१४. हरि अर्याल
१५. शेखर रिमाल
१६. रमेश रिमाल
१७. रामसिङ लामा
१८. संदेश खनाल
१९. शिव प्रशाद अधिकारी ( गोर्स्याङ )
२०. देबकी रिमाल
त्यसैगरी सम्पर्क समितीमा ३ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । सल्लाहकारमा युवा नेता शिव अधिकारी, केशव अर्याल र तारकेश्वर गाँउपालिकाका सहसंयोजक भिमबहादुर तामाङ रहेका छन ।