२०८३ भाद्र २६ शुक्रबार

बचतकर्ताको ६१ करोड रकम अपचलन गर्ने अम्बे कोशी सहकारी समस्याग्रस्त

ई आर्थिक    मंगलबार, पौस २३ २०८१
8.7K
Shares
बचतकर्ताको ६१ करोड रकम अपचलन गर्ने अम्बे कोशी सहकारी समस्याग्रस्त

ई-आर्थिक, विराटनगर । सुनसरीको इटहरीमा केन्द्रीय कार्यालयमा अवस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।

कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी रुपमा  घोषणा गरेको  हो  । आज  उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

गएको पुसमा  सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा गठन गरेको थियो ।

सहकारीको व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्ने मन्त्रालयले बताएको छ ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका  बचत अपचलन तथा ठगि गरेको आरोपमा सहकारीका अध्यक्ष फणिन्द्र मगर ठगी थुनामा रहेका छन् ।  सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।

सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्ने छ ।

थापाको नेतृत्वमा बनेको समितिलाई सहकारीको लगानी उठाउने तथा ऋणीको धितो लिलाम गरी बचकर्ताको बचत फिर्ता गर्ने अधिकार छ ।

मन्त्रालयका  अन्य समस्याग्रस्त सहकारीको पनि अध्ययन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij