प्रज्वल पोखरेल
प्रवन्धक, फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिपार्टमेन्ट
मानवको विकास संगै मान्छेमा उड्ने चाहाना परापूर्वकालदेखि नै भैरहेको थियो। पूर्वियदर्शन अनुरुप रामायणमा लेखिए अनुरुप रावणसंग उड्ने पुष्पविमान थियो। फलस्वप उड्ने चाहान पूर्वियदर्शनबाट सुरु भएको मान्न सक्छौ । पश्चिमको सन्दर्भको ग्रिकहरुको कथाको कुरागर्दा ड्याकोल्स र इक्रास कथामा चराहरुजस्तै गरि उड्नको भन्ने कुरा छन् । त्यो समयममा पनि उड्ने सोच भएको देखिन्छ । पटकपटक मान्छेहरु चराको प्वाँखलिएर उड्ने लगायत पखेटा बनाएर उड्ने चाहानहरु विभिन्न विधिहरुबाट परिपूर्ति गरिरहेको देखिन्छ । उड्ने चाहानाको सुरुबात बेलुनबाट भएको थियो । पहिलेदेखि विभिन्न वैज्ञानिकहरुले उड्ने चाहाना अनुरुप विभिन्न अनुसन्धान भएको देखिन्छ,जस्तो ३०० सय वर्ष पहिले लियो नार्दो द भिज्चिले हेलिकप्टरको चित्र बनाएको देखिन्छ यसबाट के प्रमाणित हुन्छ भन्दा मान्छेहरु उड्न प्रयासरत रहेको देखाउछ ।
राइट ब्रदरले जव हवाइजहाजको आविस्कार गरे । विल्बर र ओर्भिले ‘राइट फ्लायर’ बनाउन चार वर्ष अनुसन्धान र विकास खर्च गरेका थिए । राइटले ब्रदरले पहिलो सफल संचालित हवाइजहाज सन् १९०३ डिसेम्बर १७ मा उडाएका थिए । उनीहरुले पहिलो पटक किट्टी हक, उत्तरी क्यारोलिनामामा ओरभिलको नियन्त्रणमा हवाइजहाज उडेको थियो। जुन हावाभन्दा गर्ह्रै वस्तु उडाउन पहल भएको हो । दोस्रो विश्वयुद्धपछि प्लेनको द्रुर्तरुपमा विकास भएको देखिन्छ । यसैसंगै मान्छेहरुले रिक्रियसन एभिएसनलाई पनि मान्छेहरुले संगै लैजान थाले । रिक्रियसन सबैभन्दा पहिला अल्ट्रालाइट, प्याराग्लाइडिङ संगसंगै सुरु भएतापनि यसलाई नन् प्रोफिट अर्गनाइजेसन अर्थात नट प्रोफिटको रुपमा प्रयोग गर्दै रिक्रियसन् रुपमा अल्ट्रालाइट प्रयोग गरिएको थियो ।
विश्वमा पहिलोपल्ट रिक्रिएसन गर्दा नेपालमा अल्ट्रालाइटलाई रिक्रियसन रुपमा व्यवसायिक रुपमा पहिलो पल्ट उडान गर्न दिएको पक्ष सबल रुपमा हेर्न सकिन्छ ।
नेपालमा लगभग १५ वर्ष अगाडिदेखि रिक्रियसन एभिएसनको सुरु भएको हो । नेपालमा प्याराग्लाइडिङ पाइलटहरु नेपालमा थिएनन् यस अवस्थामा नेपालमा वेदेशीहरु आएर नेपालमा हवाइ विभागसंग अनुमति लिएर उड्ने गरेका थिए । रिक्रियसन एभिएसनको सम्बन्धि नियमावाली मार्फत नेपाल नागरिक उड्यान प्रधिकरणले २०६९ अनुरुप आरओसी जारी गरेको छ । क्यानले यसबाट लगभग ८० आरओसी जारी गरेको छ । आरओसीबापत क्यानले वार्षिक ९० लाखजति आम्दानी गर्दै आएको छ।

नेपालमा प्रचुरमात्रामा प्याराग्लाइडिङ पाईलटहरु उत्पादन गर्न दुईवटा फ्लाइङ स्कुलहरु नेपालमा रहेका छन् । फ्लाइङ् स्कुलहरुबाट नेपालले राजस्व प्राप्त गरेको छ भने यस क्षेत्रमा दक्ष जनशक्ति पनि निर्माण गर्न सहयोग प्रदान गरेको छ । नेपालमा तीनओटा स्कुल दर्ता भएकोमा एउटा स्कुलको दर्ता नविकरण गरेको छैन् । नेपाली जनशक्ति नेपाली भूमिमा उत्पादन भएको छ । यसले नेपालमा व्यवसायिकता प्राप्त गर्दैछ । पोखरामा प्याराग्लाइडिङ उडाउने नेपाली पाइलटहरु त्यही तीनवटा स्कुलका प्रडक्टहरु हुन् । पहिला पहिला विदेशबाट पाइलटहरु आएर नेपालीहरुलाई सिकाउने गरेको यसको प्रयोगात्मक अभ्यास विदेशमा गएर गर्नुपर्थो ।
प्याराग्लाइडिङको हव पोखरालाई मानिन्छ । यसबाट नेपालमा लगभग ५ सय जनाको रोजिरोटि चलिरहेको छ । यसले जिडिपीमा पनि राम्रै योगदान दिएको देखिन्छ । नेपालमा आउने मान्छेहरु रिक्रियसनमा केही गर्न पोखरा जाने गर्छन् । क्यानले पोखरालगायत अन्य क्षेत्रहरुमा प्याराग्लाइडिङ जोनहरु सञ्चालन गर्न अनुमति प्रदान गरेको छ । त्यतापनि व्यवसायीक रुपमा उडानहरु भैरहेका छन् । व्यवसायीकताको हिसाव पोखराको जति अन्त छैन् । मान्छेहरु जहाँ बढि जान्छन् त्यही व्यवसायीकता हुनेरहेछ । प्याराग्लाइडिङ काठमाडौंको चन्द्रागिरि, शंखरापुरको जरसिङपौवा लगायत धरान, सुर्खेत लगायत नेपालका धेरै ठाँउहरुमा रहेको पाइन्छ ।
रिक्रिएसनमा अर्को बेलुनलाई पनि राखिएको छ । यसको पनि आरओसी जारी गरिएको छ । नेपालमा बेलुनको पनि व्यवसायीकता राम्रै रहेको देख्न सकिन्छ । यसको भविष्य नेपालमा राम्रै छ । विशेष रुपमा अहिले पोखरामा बेलुन फेस्ट चलिरहेको छ । अर्को फेस्ट लिने प्रक्रियामा रहेका छन् । अल्ट्रालाइट मार्फत पनि क्यानलाई राजस्व आएको छ । विदेबाट आउने मान्छेहरुले उडानमार्फत भरपूररुपमा मनोरञ्जन लिने गरेका छन् ।
नेपालमा ह्याङ्ग्लाइडिङको पनि अवधारणा रहेको छ । यसमा नेपालमा मान्छेहरु आएको देखिदैन् यसबाहेक प्याराजम्पिङ् विषय नियमावलीमा राखिएको छैन् तर यसमा व्यवस्था गर्नपर्ने अवस्था देखिएको छ । वेदेशीहरु नेपालमा आएर प्याराजम्प, स्काइडाइभ गर्न प्रयासरत रहदा यसबाट नेपालले राजस्वमा पनि राम्रै आम्दानी गर्ने देखिन्छ । पर्यटन विकासमा पर्यटन पूर्वाधारहरु विकास बनाउन आवश्यक छ । पर्यटन विकासका पूर्वाधारहरुको निर्माण गर्न सकेको खण्डमा देशको राम्रो विकास गर्न सम्भव छ । प्याराजम्प, स्काइडाइभ कुराहरुलाई नियमावलीमा राख्न बाँकी रहेको छ ।
प्याराग्लाइडिङ क्षेत्रमा गर्नुपर्ने कामहरुमा प्याराग्लाइडिङ जोनहरु व्यवस्थित गराउन सातओटा प्रदेशमा राज्यले प्याराग्लाइडिङ उत्थानको लागि पूर्वाधारहरु बनाइदिनुपर्छ ।
राज्यले निर्धारण गरेको अनुरुप हरेक डाँडामा भन्दा पनि जुन क्षेत्रमा पर्यटन व्यवसायको सम्भावना रहेन्छ त्यस्ता स्थानहरुमा पूर्वाधार निर्माण गर्न आवश्यक छ । हवाई क्षेत्रलाई अप्ठारो नपर्ने स्थान जहाँ मान्छेहरुको भीड तथा पर्यटनको सम्भावना रहेको स्थामा राज्यले पूर्वाधार निर्माण गर्नु उपयुक्त हुने देखिन्छ । सोलो उडानकोलागि पनि केही स्थानहरुमा नीतिगत रुपमा व्यवस्था गर्नुपर्छ ।
साना जहाजबाट रिक्रियसन हुनेखालको नेपालमा फरक फरक एयर क्राफ्टहरु ल्याएर रिक्रियसनलाई अत्थान गर्नुपर्छ । क्यानले अरु लाइसेन्स जारी गर्न सक्छ । प्याराग्लाडिङ गर्न सक्छ क्यान कुनैलाई प्रतिनिधित्व संस्थालाई गराउन सक्छ । क्यानको क्षेत्रहरु धेरै दायरा रहेको छ । पोखरामा नेपाल हवाई खेलकुद संघमार्फत यस क्षेत्रको निगरानी हुदै आएको छ। उनीहरुले यसलाई लाइसेन्स दिने तथा निगमन लगायतका कामहरु सञ्चालन गर्दै आएको छ । उनीहरुको निगरानीले क्यानले गरिरहेको हुन्छ ।
पाँच सात वर्ष पछि नेपालमा पछिलो समय जसरी हेरेक परिवार साइकलमा रुचि राखेका छन् त्यस्तै हरेक घरबाट प्याराग्लाइडिङको प्रति मोह बढ्दो र हरेक व्यक्ति यसको पाइलट हुनखोज्छन् । हरेक मान्छेमा उड्ने चाहाना विकास हुदै गर्दा हरेक टोल तथा परिवारका सदस्यहरु यसप्रति आकर्षण बढ्ने देखिन्छ।
विश्वमा यसको विकास धेरै भएको छ भने नेपालमा पनि यसको प्रचुर सम्भावना रहेको हामी देख्न सक्छौ । नेपालबाट यो व्यवसायी केही भारततर्फ पनि गएको देखिन्छ । यो दु:खद पक्ष हो ।
नेपालमा प्याराग्लाइडिङको भविष्य एकदमै उज्वल रहेको छ । अवको केही वर्षमा हरेक व्यक्ति प्याराग्लाइडर हुन्छन् । यस क्षेत्रको समस्याको हेर्दा पाइलटहरु कामप्रतिको डेडिकेसन नहुनु र अनुशासित नहुनु देखिन्छ। आफू आफूबिच अस्वस्थ प्रतिस्पर्दा गर्नु व्यवसायीक रुपमा गुणात्मकरुपमा कमी देखिन्छ ।
एभिएसन क्षेत्रमा एभिएसन सूरक्षाका कुराहरु संवेदनशील विषय हो । सामान्य रुपमा यस क्षेत्र अन्य व्यवसायभन्दा यो क्षेत्र फरक हो यस क्षेत्रमा ज्ञान कम भएका मान्छेहरु आउदा उहाँहरुलाई बुझाउन केहीहदसम्म अप्ठारो तथा गाह्रो महसुस हुन्छ । यो क्षेत्रको पहिलो प्राथमिकता सेफ्टी सेकुरिटी हो । यो कुरा महत्वपूर्ण हुन्छ । यसलाई ध्यानमा राखेर व्यावसाय सञ्चालन गर्नुपर्छ ।