२०८३ साउन १० आइतबार

गृहिणी सेवा साकोसले १६ ‌औं स्थापना दिवस २४ बृद्धा आमाहरुलाई खाना खुवाएर मनायो

ई आर्थिक    मंगलबार, मंसिर २५ २०८१
6.5K
Shares
गृहिणी सेवा साकोसले १६ ‌औं स्थापना दिवस २४ बृद्धा आमाहरुलाई खाना खुवाएर मनायो

ई-आर्थिक, काठमाडौं । काठमाडौंको  पुरानो नैकापमा  अवस्थित गृहिणी सेवा साकोसले १६ ‌औं स्थापना दिवस मनाएको छ । गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड  पुरानो  नैकाप भृकुटीनगर,  काठमाडौं  रहेको छ । गृहणी साकोसले जेष्ठ नागरिक भोजन सेवा कार्यक्रम चन्द्रागिरी स्थित मातातिर्थ बृद्धा आश्रममा मनाएको छ ।

गृहणी साकोसले आफ्नो स्थापनाको अबसरमा काठमाडौं चन्द्रगिरीमा ०६ मा रहेको मातातिर्थ बृद्धा आश्रममा रहेका २४ बृद्धा आमाहरुलाई खाना खुवाउदै स्थापना दिवस मनाएको हो ।

उक्त कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष शोभा भट्ट गौतम सहित सञ्चालक सदस्यहरु, कर्मचारीहरु  तथा सहकारी संस्थाका सदस्यहरुको उपस्थितीमा बृद्धा आश्रमका २४ जना आमाहरुलाई खाना खुवाउदै कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा साकोसले बृद्धा आश्रमका आमाहरुलाई २४,२४  वटा नुहाउने तथा लुगा धुने साबुन लगायतका विभिन्न सामानहरु वितरण गरिएको संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमले  ई-आर्थिकलाई जानकारी दिइन् ।

 

कार्यक्रममा संस्थाको अध्यक्ष शोभा भट्ट गौतम रहेकी थिइन भने प्रमुख अतिथिमा चन्द्रगिरी नगरपालिका ०६ का अध्यक्ष  संजय सिग्देल रहेका थिए । साथै उक्त कार्यक्रमा अन्य   अतिथिहरुमा मातातिर्थ बृद्धा आश्रमका प्रमुख राम थापा र व्यवस्थापन सदस्य धर्म महर्जन रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij