२०८३ भाद्र २६ शुक्रबार

कश्मीरा बचत तथा ऋण सहकारीको १७औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा जयराम तिमल्सिना

ई आर्थिक    सोमबार, मंसिर २४ २०८१
6K
Shares
कश्मीरा बचत तथा ऋण सहकारीको १७औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा जयराम तिमल्सिना

ई–आर्थिक, काठमाडौं । कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपालको अर्थतन्त्रको तिन खम्बे अर्थनीति मध्ये सहकारीको पनि महत्वपुर्ण भूमिका रहेको बताउँदै संस्थाले नीति, विधि र कानुनलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने, सञ्चालक र ब्यवस्थापन टिम सदस्यकेन्द्रित हुनुपर्ने, सदस्यहरुको वित्तीय आवश्यकता परिपूर्ति गर्दै सामाजिक, आर्थिक एवं सांस्कृतिक रुपान्तरणको लागि समुदायको भरपर्दो संस्था बनाएर जानुपर्नेमा जोड दिएका थिए ।

सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मतरूपमा चयन गरेको छ । संस्थाको अध्यक्षमा जयराम तिमिल्सिना चयन भएका छन् । तिमिल्सिना यस अघिको सञ्चालक समितिमा सचिव रहेका थिए । नवनिर्वाचित समितिको उपाध्यक्षमा बाल कुमार खत्री, सचिवमा सुदर्शन अर्याल, कोषाध्यक्षमा प्रकाश फुँयाल चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा डिल्लीराज धिताल, शिशिर पोख्रेल, कल्याणी भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा सहदेव रायमाझी र सदस्यहरुमा निर्मल कुमार श्रेष्ठ र शिला पुडासैनी चयन भएका छन् । दुवै समितिको कार्यकाल चार वर्षको हुनेछ ।

साधारण सभामा संस्थाका अध्यक्ष पाण्डेद्वारा प्रस्तुत ०८०(०८१ को बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक डिल्लीराज धितालद्वारा प्रस्तुत समितिको प्रतिवेदन पारित गरेको छ । २०८१ असार मसान्तसम्ममा संस्थाको शेयरपुँजी २ करोड ७७ लाख १३ हजार रुपैयाँ, बचत निक्षेप १९ करोड ३४ लाख ६८ हजार रुपैयाँ, ऋण लगानी ३२ करोड ५९ लाख ५१ हजार रुपैयाँ तथा शेयर सदस्य ४४६ जना रहेको छ ।

संस्थाका सञ्चालक सदस्य सुदर्शन अर्यालले स्वागत मन्तब्य राखेको कार्यक्रम सञ्चालन संस्थाका सचिव जयराम तिमिल्सिनाले गरेका थिए । सभामा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)का सञ्चालक बिरेन्द्र भण्डारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का सञ्चालक तथा जेष्ट आईडियोलोजी साकोसका अध्यक्ष हेम बहादुर कार्की, जिल्ला सहकारी संघ काठमाडौंका महासचिव बालकुमार बास्तोला, मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक ओम बहादुर बस्नेत, पशुपति विकास कोषका पुर्व कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, राष्ट्रिय सहकारी बैंक लि. पुतलीसडक शाखाकी शाखा प्रमुख प्रमिला अर्याल, राष्ट्रिय सहकारी बैंक लि।न्युरोड शाखाकी शाखा प्रमुख रमा घिमिरेले अतिथको रूपमा शुभकामना मन्तब्य राखेका थिए ।

सभामा जेष्ठ नागरिक सदस्य डा. बम बहादुर थापा जिताली, लक्ष्मी प्रसाद पाण्डेर बिष्णु लक्ष्मी पाण्डे लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij