२०८३ असोज २ शुक्रबार

सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स आबद्ध

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०८१
2.6K
Shares
सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स आबद्ध

ई-आर्थिक, काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) बिच सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रममा सुदुरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौता पत्रमा हत्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ।

रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिको संगको आबद्धताले आफुहरु अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन्। त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदुरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडिहरु उत्पादन गर्ने उर्वर भुमी का रुपमा रहँदै आएको कुरा उल्लेख गर्दै, बिशिष्ट प्रकारको संस्कृती, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपुर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदुरपश्चिम रोयल्स सँग सहकार्यको हात अगाडी बढाउन पाउँदा अत्यन्तै हर्षित भएको कुरा उल्लेख गरे ।

साथै सबैभन्दा धेरै समर्थकहरुको रोजाईमा पर्न सफल यस टिमको अभिन्न अंग हुन पाउनु सलिकोका निम्ति समेत गौरवको भएको बताए ।

अन्त्यमा क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधी जीत्नका निम्ति सुदुरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij