२०८३ भाद्र २९ सोमबार

‘कम दरमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेका छौं’

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०८१
11.7K
Shares
‘कम दरमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेका छौं’

डा. अर्चना शाक्य
स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ 

हार्दिक आईभीएफ एण्ड फर्टिलिटि सेन्टर

हार्दिक आईभीएफको बारेमा बताइदिनोस् न ?

हार्दिक आईभीएफ निसन्तान दम्पतिहरुको सन्तान प्राप्तिका लागि उपचार गर्ने सेन्टर हो । यो सेन्टर स्थापना भएको एक वर्ष जति भयो । स्वास्थ्य मन्त्रालयबाट तोकिएको सबै मापदण्ड पूरा गरेर लाइसेन्स प्राप्त गरी संचालनमा आएकोे संस्था हो । हामीले अत्याधनिक उपकरणहरुमार्फत गुणस्तरीय सेवा प्रधान गर्दै आएका छौं ।

यो सेन्टर निःसन्तान वा बाँझोपनका क्षेत्रमा वर्षौंसम्म सेवा पु¥याएका विशेषज्ञ डाक्टर, यसै क्षेत्रमा लामो समय सेवा प्रदान गरेका मनोपरामर्श दाता एवं स्वास्थ्य सेवाको क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तीहरूबाट निःसन्तान वा बाँझोपनको क्षेत्रमा बिशिष्ट सेवा दिने उद्देश्यले खोलिएको संस्था हो । निःसन्तान दम्पत्तिहरूलाई बिशिष्ट सेवा प्रदान गरी उनीहरूको सन्तान प्राप्तिको यात्रामा विश्वास आर्जन गर्नु हाम्रो मुख्य उद्देश्य हो

यस सेन्टरको विशेषताहरु केस्ता छन् ?

हामी सकेसम्म कम रेटमा गुणस्तरीय सेवा प्रधान गर्दछौं । हामीले प्रयोग गर्ने मेशिनहरु नयाँ तथा अत्याधुनिक छन् । नयाँ टेक्नोलोजी प्रयोग गरेर हामी काम गर्दैछौं । हामीकहाँ आईभीएफ क्षेत्रमा लामो अनुभव प्राप्त डक्टरहरु हुनुहुन्छ । हाम्रो विशेषता भनेका यिनै हुन् ।

संस्थाले प्रादान गर्ने सेवाप्रति सेवाग्राही कत्तिको सन्तुष्ट भएको पाउनुभयो ?

समग्रमा सेवाग्राहीहरु सन्तुष्ट हुनुहुन्छ । आईभीएफ गरेर बच्चा जन्मिएपछि पनि हामी उनिहरुको निगरानी गरिरहेका हुन्छौं । आईभीएफ उपचार खर्चिलो हुने हुदा सबैको पहुचमा पुग्न सकेको छैन । यसमा सरकारले स्वस्थ्य बीमा अनुसार पहुच पु¥यादिएमा धैरै मान्छेहरुले
राहत पाउने थिए ।

भावि योजनाहरु के के छ ?

हाम्रो सेन्टर अहिले काठमाडौंमा मात्र रहेको छ । यस सेन्टरको भावि योजनाको कुरा गर्दा अहिले यसलाई नै पूर्ण रुपमा सञ्चालन गर्ने रहेको छ । राम्रो हुदै गएको खण्डमा हामी अन्या शाखा सञ्चालन गर्ने योजना छ । हाम्रो आईभीएफ सेन्टरले प्रजनन स्वास्थ्यको परिदृष्यलाई पुर्नपरिभाषित गरेको छ । हामीले यस्तो भविष्यको परिकल्पना गरेका छौं कि प्रत्येक व्यक्ति तथा दम्पत्तिले प्रजननका विषयमा भोगिरहेको चुनौतीलाई शारिरीक रुपमा मात्रै नभई मनोवैज्ञानिक रुपमै समग्र रुपमा सम्बोधन गर्नेछौं । हामी आशावादी छौ कि हार्दिकले प्रभावकारी प्रजनन उपचारको लागि बेञ्चमार्क कायम गर्नेतर्फ प्रतिबद्ध रहेको छ ।

आईभीएफ गर्न कस्ता खालका मान्छेहरु आँउछन् ?

विशेष रुपमा ढिलो विवाह गरेका दम्पतिहरु आउने गर्दछन् । पछिल्लो समय आफ्नो क्यारियरलाई ध्यान दिँदा ढिलो विवाह गर्ने परिपाटी बसिसकेको छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने दम्पतिहरु बढी आउने गर्दछन् । विशेष गरेर खाडी मुलुकमा कामगर्ने पुरुषहरुका दम्पत्तिहरु बढी आउने गर्दछन् । किनभने खाडी मुलुकमा काम गर्न जाने पुरुषहरु उच्च तापक्रममा काम गर्नुपर्ने हुन्छ । यसरी उच्च तामपक्रममा काम गर्दा पुरुषको शुक्रकिटमा समस्या आउँछ । यसले गर्दा बच्चा नहुने समस्या सिर्जना हुन्छ । त्यस्तै महिलाहरुमा विशेष गरेर ढिलो विवाह तथा पीसीयुएस ( महिलाहरुमा हुने हर्मोनल डिसअडर)का कारण पनि निसन्तान बढेको देखिन्छ । हाम्रो खानपान, रहनसहन, जीवनशैली,तनाव चिन्ताहरुको कारण पनि बाँझोपन बढेको देखिन्छ ।

तपाईको आईभीएफ सेन्टरबाट सेवा लिदा कति खर्च लाग्छ ?

सामान्यतया हाम्रोबाट सेवा लिदा ३ देखि ५ लाख रुपैयाँससम्म खर्च लाग्छ । यसमा प्रयोग हुने इनजेक्सन र प्रविधिहरुको हिसावमा व्यक्तिको शारिरीक क्षमताहरुका आधारमा मूल्यमा तलमाथि हुने हो ।

आईभीएफबारे समाजको धारण कस्तो छ ?

आइभीएफ बारे धेरैको कमजोर बुझाइ रहेको पाइन्छ । आइभीएफ गरेर बच्चा जन्माएको भन्ने कसैलाई थाहा नहोस् भन्नेहरू पनि छन् । समाजमा कतिपयले यसरी जन्मिने बच्चा नियमित प्रक्रियाबाट जन्मिने भन्दा फरक हो भन्ने गलत धारणा पनि बनाएको पाइन्छ । तर आईभीएफमार्फत बच्चा जन्माउँदा गुणस्तरीय शुक्रकिट र अण्डाको समिश्रणबाट जन्माइन्छ ।यसरी समान्य जन्मिएका बच्चाहरु भन्दा पनि स्वस्थ हुन्छन् ।

पहिलाको भन्दा समाज अहिले धेरै खुलेको छ । अहिले बच्चा भएन भने आइभीएफ गर्नुपर्छभन्ने मानसिकताको विकास क्रमिकरुपमा भइरहेको छ ।

आइभीएफ एक पद्धतिबाट जन्मने बच्चा सामान्य हुन् । जुन प्रक्रियाले पाठेघरभित्र बच्चा बन्छ त्यही प्रक्रिया प्रयोगशालामा गरिएको मात्र हो। हाल आएर नेपाली समाजमा यसकोप्रयोगबारे विस्तारै विस्तारै सकारात्मक रूपमा फैलिँदैछ ।

आइभीएफ भनेको के हो ?

आइभीएफ भनेको इन भिट्रो फर्टिलाइजेसन अर्थात महिलाको डिम्बबाट अण्डा झिकेर अण्डासंग शुक्रकिटको मिलन गराउनु हो । यो फर्टिलाइजेसन प्रक्रिया हो जुन प्रक्रिया ल्यावमा हुन्छ । ल्यावमा बनेको भ्रुर्णलाई फेरि पाठेघरमा राखिने प्रविधि हो ।

आईभीएफ विधि होकी प्रविधि ? आइभिएफ विधि के हो ?

आईभीएफ एउटा प्रोसेस हो । सामान्यतया महिलाको महिनावारीको बीचको समयमा अण्डा बन्छ। त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको पछि आएर पाठेघरमा बस्छ । बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो। यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्यबु बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया विकास हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ । बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेशन) पद्धति भनिन्छ । सामान्य भाषामा प्रयोगशालामा कृत्रिम तरिकाले फर्टिलाइजेशन गरी जन्माएको बच्चालाई टेष्ट्युब बेबी भनिन्छ। सुरूआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले त्यसलाई टेस्ट्युब बेबी भनिएको हो।
महिलाको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको, अन्य कुनै महिलाको अण्डा लिनुपर्ने भए वा पुरुषको विर्यमा कुनै खराबी देखियो भने अण्डा र विर्य झिकेर संयोजन गराइन्छ । यसरी लिइएको अण्डा र विर्य प्रयोगशालाको उपकरण (इन्कुबेटर) मा ३ देखि ५ दिनसम्म राखिन्छ। त्यसपछि विकास भएको भ्रुर्णलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै आईभीएफ पद्दति हो ।

आईभिएफ किन गर्ने ?

जसलाई सन्तानको रहर हुन्छ । तर उनीहरुबाट सन्तान हुँदैन । त्यस्ता दम्पतिहरुले आईभीएफ गर्ने हो । यसरी आईभीएफमार्फत सन्तान जन्माउँदा महिलाको अण्डा र पुरुषको विर्य ट्युवमा तीन देखि पाँच दिनसम्म राखेर भु्रणको विकास गरिन्छ । ट्युवमा विकसित भु्रणलाई उपकरण मार्फत पाठेघरमा पठाएर गर्भाधान गराइन्छ । यो नै आइभीएफ प्रविधि हो ।

नेपालमा आइभीएफको सुरुवात कहिले भएको हो ?

नेपालमा आईभीएफ सुरुवातको कुरा गर्दा विभिन्न धारणाहरु रहेका छन् । कतिपयले आईभीएफ सेवा प्रसुती गृहबाट सुरु भएको भन्छन् भने कतिपयले ओम हस्पिटलबाट सुरु भएको भन्छन् । ओम हस्पिटलमा भारतबाट आएका डाक्टरहरुको टिम र नेपालका डाक्टरहरुको टिमले पहिलो आईभीएफ गरेको भन्ने गरेका छन् । र, अहिलेसम्म यसैलाई धेरैजसोले पहिलो आईभीएफ भन्ने गरेका छन् ।

नेपालमा बाँझोपन बढ्दो छ भनिन्छ । यसरी बाँझोपन बढ्नुको कारण के हुनसक्छ ?

बाँझोपन बढ्नुको विभिन्न कारणहरु छन् । अहिलेको पुस्तामा ढिलो विवाह गर्ने प्रवृत्तिको विकास भएको छ । उनीहरुले विवाहलाई भन्दा क्यारियरलाई महत्व दिँदा ढिलो विवाह गर्ने प्रवृत्ति बढेको हो । यसले पनि बाँझोपन बढेको छ । त्यस्तै वैदेशिक रोजगारमा जानेक्रम बढेकाले पनि बाँझोपन बढेको छ । यसमा खासगरी खाडी मुलुकमा काम गर्न जाने मानिसहरुमा बाँझोपन बढीमात्रामा देखिएको छ । त्यस्तै परिवर्तित वातावरण, रहरन सहन, खानापिन, जीवनशैली आदि जस्ता कारणले गर्दा बाँझोपन बढिरहेको छ ।

प्राकृतिक रुपमा र आइभीएफ विधिबाट जन्मिएको बच्चामा के फरक हुन्छ ?

आईभीएफबाट जन्मिएको बच्चा एबनर्मल हुन्छ भनेर धेरैले सोध्नु हुन्छ । तर यो गलत हो । प्रकृतिक रुपमा जन्मिएको बच्चा र आईभीएफमार्फत जन्मिएको बच्चामा केही फरक हुदैन । आईभीएफ प्रविधिमार्फत बच्चा जन्माउँदा महिलाको अण्डा र पुरुषको शुक्रकिट गुणस्तरीय राखिने हुँदा बरु आईभीएफमार्फत नै स्वच्छ बच्चा हुन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij