२०८३ साउन ९ शनिबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०८१
2.7K
Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

ई-आर्थिक, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ।आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने छ। मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij