२०८३ भाद्र २६ शुक्रबार

मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका गुरुङ र भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी

ई आर्थिक    शुक्रबार, कार्तिक २३ २०८१
6.1K
Shares
मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका गुरुङ र भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी

ई-आर्थिक, काठमाडौं ।  । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको छ ।

मितेरी सहकारीको तीन करोड ४४ लाख भण्डारी र ६ करोडभन्दा बढी गुरुङले अपचलन गरेको खुलेपछि उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको थियो । तर, नेपालमा नरहेको खुलेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो । सोही आधारमा प्रहरीको अन्तर्राष्ट्रिय अपराध संठगन इन्टरपोलले रेड नोटिस जारी गरेको हो ।

प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ । सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यो सहकारीबारे अनुसन्धान थालेको थियो ।

कार्तिक १३ गते उनीहरू दुवैजनाविरुद्ध रेड नोटिस जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij