२०८३ भाद्र २६ शुक्रबार

सहकारी पीडितलाई गरिएको कुटपिटमा संलग्नता नरहेको रास्वपाको दाबी 

ई आर्थिक    बिहिबार, कार्तिक ८ २०८१
4.3K
Shares
सहकारी पीडितलाई गरिएको कुटपिटमा संलग्नता नरहेको रास्वपाको दाबी 
ई–आर्थिक, काठमाडौं । सहकारी पीडितमाथि कुटपिटमा आफ्नो संलग्नता नरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाबी गरेको छ ।
पार्टीले बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका कार्यबाहक सह–प्रवक्ता मनिष झाले केही राजनीतिक दल र तीनका आसेपासेले रास्वपालाई बद्नाम गर्नका लागि कुटपिटको आरोप लगाएको बताए ।
सहकारी पीडितले रास्वपाका केही कार्यकर्ताले घरदैलो कार्यक्रमका नाममा कुटपिट गरेको पत्रकारको प्रश्नमा उनले रास्वपाको विरोध कार्यक्रमलाई मत्थर पार्नका लागि केही समूहले सुनियोजित ढंगले हामीलाई बद्नाम गर्न खोजेको बताए ।
उनले भने, ‘सहकारी पीडितलाई यदि रास्वपाका कुनैपनि समर्थक वा कार्यकर्ता वा नेताले कुटपिट गरेका छन् भने उजुरी दिन र म आफैँले उजुरीमा हस्ताक्षर गर्छु। तर, जसले आरोप लगाए उनीहरुसँग रास्वपाविरुद्ध कुनै प्रमाण थिएन। त्यसकारण त्यो निराधार आरोप मात्रै हो ।’

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij