ई-आर्थिक, पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गरिँदै छ । उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी स्थलमार्गबाट प्रहरीले कास्की ल्याएको थियो । लामिछानेलाई प्रहरीले अदालत पेस गर्ने तयारी हुदाँ प्रहरीले सूरक्षा व्यवस्था कडा पारेको छ ।
सभापति लामिछानेको पक्राउ विरुद्द रास्वपका नेता तथा कार्यकर्ताहरुले विरोध प्रर्दशन गर्ने तयारी गरेका छन् ।
अहिले पोखरामा सभापतिको पक्राउ विरुद्द रास्वपाले विरोध प्रर्दशन गरिरहेको छ ।