२०८३ भाद्र २६ शुक्रबार

सहकारी ठगी प्रकरणका फरार ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

ई आर्थिक    शुक्रबार, असोज ११ २०८१
3.9K
Shares
सहकारी ठगी प्रकरणका फरार ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

ई-आर्थिक, काठमाडौं ।   इमेज सहकारीको बचत  ठगी प्रकरण  फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन्  । उनले इमेज सहकारीको बचत अपचलन गरेको आरोप लागेको छ  ।

उनी इमेज सहकारीको  एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण बानाइदिन आग्रह गरेका थिए ।

उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij