२०८३ भाद्र २६ शुक्रबार

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती पक्राउ, आइडियल यमुना हाम्रो सहकारीमा ८ अर्ब हिनामिना गरेको आरोप

ई आर्थिक    बिहिबार, असार २० २०८१
5.5K
Shares
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती पक्राउ, आइडियल यमुना हाम्रो सहकारीमा ८ अर्ब हिनामिना गरेको आरोप

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष समेत रहेका उप्रेतीलाई ८ अर्ब हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालाजुबाट बुधबार बिहान पक्राउ परेका उप्रेतीलाई बालाजु प्रहरीवृत हुँदै अहिले महाराजगञ्ज प्रहरीवृतमा राखिएको छ ।

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिना जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।

पक्राउ पुर्जी जारी रहेकाले संस्थाका सञ्चालकहरू भने हाल फरार छन् ।

रकम हिनामिनाको आरोप लागेपछि नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाइदिएको छ ।

रकम हिनामिनाको आरोप लागेर उप्रेतीलाई पक्राउ गरेपनि राष्ट्रिय सहकारी बैंकले भने अध्यक्षबाट अझै हटाएको छैन् । बैंकको आधिकारिक वेबसाइडमा उप्रेतीलाई नै अध्यक्ष राखेको छ । बैंकमा उनी जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij