२०८३ असोज ९ शुक्रबार

प्रभु बैंक र युएसएडबीच कृषि र पर्यटन उद्योगको सशक्तिकरण परियोजना सञ्चालन गर्ने सम्झौता

ई आर्थिक    मंगलबार, जेष्ठ २२ २०८१
2.4K
Shares
प्रभु बैंक र युएसएडबीच कृषि र पर्यटन उद्योगको सशक्तिकरण परियोजना सञ्चालन गर्ने सम्झौता

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक र युुएसएड ट्रेड एण्ड कम्पेटिटिभनेसस्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी सम्झौता भएको छ ।

बागमती प्रदेशमा सञ्चालन गरिने ‘भविष्यको नेपालका लागि दिगो विकासका लागि कृषि र पर्यटन उद्योगको सशक्तिकरण’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा युएसएडका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij