२०८३ भाद्र २६ शुक्रबार

चार सहकारीसहित १५ प्रतिष्ठित कम्पनीलाई कर बुझाउन करदाता कार्यालयको ताकेता (नामावली सहित)

ई आर्थिक    बुधबार, बैशाख ५ २०८१
5.2K
Shares
चार सहकारीसहित १५ प्रतिष्ठित कम्पनीलाई कर बुझाउन करदाता कार्यालयको ताकेता (नामावली सहित)

ई–आर्थिक, काठमाडौं । मुल्यअभिबृद्धि कर, आयकरलगायत बक्यौता कर नबुझाउने १५ वटा कम्पनीलाई तत्काल राजश्व बुझाउन भन्दै ताकेता गरेको छ । मध्यम स्तरीय करदाता कार्यालय, बबरमहलले सूचना जारी गर्दै चार सहकारीसहित १५ वटा कम्पनीलाई तत्काल कर दाखिला गर्न नामावली सहितको सूचना जारी गरेको हो ।

करदाताहरूलाई कर बक्यौता रकम दाखिला गर्न फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराए पनि बेवास्ता गरेको कार्यालयको आरोप छ । वैशाख ४ गते सूचना जरी गर्दै सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र बक्यौता फरफारख गर्न भनेको छ ।

फरफारख नभएमा आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिवृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित कुनै वा सबै प्रक्रिया अपनाई कानुनी कारबाही हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij