२०८३ भाद्र २६ शुक्रबार

बागमती प्रदेश संघको आयोजनामा सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरु विषयक घुम्ती अन्तरसंवाद कार्यक्रम सम्पन्न

ई आर्थिक    आइतबार, चैत्र १८ २०८०
5.4K
Shares
बागमती प्रदेश संघको आयोजनामा सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरु विषयक घुम्ती अन्तरसंवाद कार्यक्रम सम्पन्न

ई–आर्थिक, काठमाडौं । बागमती प्रदेश सहकारी संघले दुई जिल्लामा घुम्ती सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । संघले चैत १६ गते नुवाकोट र १७ गते रसुवा जिल्लामा सहकारीको वर्तमान अवस्था र सम्भावित निकासका उपायहरु विषयक एक दिवसीय अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधि सहकारीकर्मीहरुको उपस्थितिमा सहकारीको यथार्थ अवस्था र भावी कदमहरुको विषयमा छलफल गरिएको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले जनाए । छलफलमा सहकारी प्रशिक्षक कुमार खत्रीले प्रस्तुति गरेका थिए । प्रदेश संघले जिल्लामा गरेको कार्यक्रमबाट प्रारम्भिक संस्थाका सदस्यहरुले सहि मार्ग निर्देशन प्राप्त गर्न सकिने भएकोले यसलाई निरन्तरता दिनका लागि सहभागिहरुले अनुरोध गरेका थिए ।

जिल्लागत रुपमा सहकारी अभियानको विशेषता फरक फरक किसिमको रहेको र कुन जिल्लामा कस्तो किसिमको कार्यक्रम आवश्यक छ भन्ने यकिन गरि सोही अनुरुपको नीति निर्माण गर्नका लागि चालू आर्थिक वर्षमा बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा प्रत्यक्ष रुपमा भेटेर समन्वयात्मक रुपमा कार्य गर्ने उदेश्यले घुम्ति सम्वाद गरिएको संघका व्यवस्थापक रुपक घिमिरेले बताए । संघले अन्तर लगानीलाई भन्दा पनि सदस्य शिक्षा र सहकारीको विकास र प्रवर्धनमा निरन्तर कार्य गर्दै आईरहेको र यस्तै किसिमले प्रादेशिक अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजनामा संघ रहेको घिमिरेले बताए ।

जिल्लाका सहकारीकर्मीहरुले सहकारीमा कर्जा सूचना केन्द्र, कर्जा असूली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष लगायत सहकारी ऐनमा व्यवस्था भएका कुराहरुलाई कार्यान्वयनमा ल्याउनसके यसबाट संस्था सञ्चालनमा सहजता आउने बताएका थिए । सहकारी क्षेत्रलाई वर्तमान निराशाबाट क्रमश पुरानै अवस्थामा पुर्याउनका लागि संघले गम्भीर रुपमा सदस्य लक्षित कार्यक्रम ल्यानुपर्नेमा सहभागिहरुले विशेष जोड दिएका थिए।

संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको नेतृत्वमा लेखा सुपरीवेक्षण समितिका संयोजक नेत्रराज पौडेल, वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन, सचिव देवराज न्यौपाने, लेखा सुपरीवेक्षण समिति सदस्य लक्ष्मी गिरी, व्यवस्थापक रुपक घिमिरे, सहकारी विज्ञहरु कुमार खत्री तथा राधेश्याम दुवालको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij