२०८३ कार्तिक ९ आइतबार

खोर्लाबेँसी–लुस्याङमा २५० मिटर लामो अस्थायी डाइभर्सन निर्माण सम्पन्न

ई आर्थिक    आइतबार, कार्तिक ९ २०८३
152
Shares
खोर्लाबेँसी–लुस्याङमा २५० मिटर लामो अस्थायी डाइभर्सन निर्माण सम्पन्न

काठमाडौं। बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडकखण्डअन्तर्गत खोर्लाबेँसी–लुस्याङमा करिब २५० मिटर लामो अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएको छ। बुढीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएर अवरुद्ध बनेको सडक खुलाउन नौ दिनको निरन्तर प्रयासपछि डाइभर्सन निर्माण सम्पन्न भएको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ।

मन्त्री लम्सालका अनुसार अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने उद्देश्यले काम तीव्र पारिएको छ। अब भोलिसम्म दोभानसम्म अस्थायी ट्र्याक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको उहाँले बताउनुभएको छ।

त्यस्तै, सल्लेरीबाट नेपाली सेनाको सहयोगमा दोभानतर्फको अवरुद्ध सडक खुलाउने काम पनि सँगसँगै अघि बढिरहेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ।

बुढीगण्डकी नदीको तीव्र बहाव र जोखिमपूर्ण परिस्थितिका बीच सडक खुलाउन निरन्तर खटिएको पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्राविधिक टोलीको काम प्रशंसनीय रहेको मन्त्री लम्सालले बताउनुभएको छ।

बाढीले सडकमा क्षति पुर्‍याएपछि अवरुद्ध यातायात सञ्चालन सहज बनाउन अस्थायी डाइभर्सन तथा ट्र्याक निर्माणको काम अघि बढाइएको हो। दोभानसम्मको अस्थायी ट्र्याक निर्माण सम्पन्न भएपछि उक्त सडकखण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij


Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/sites/28a/9/9b3bd9b59e/public_html/wp-includes/functions.php on line 6260