२०८३ कार्तिक १ शनिबार

वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

ई आर्थिक    शुक्रबार, असोज ३० २०८३
969
Shares
वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन क्षमता भएको प्लान्ट स्थापना गर्न इच्छुक कम्पनी तथा लगानीकर्तासँग विस्तृत प्रस्ताव आह्वान गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको अग्रसरतामा मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि अवधारणा तथा कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको हो।

मन्त्री चौधरीका अनुसार प्रस्तावित प्लान्टको उत्पादन क्षमता भविष्यमा आवश्यकताअनुसार थप विस्तार गर्न सकिनेछ। यसबाट हरित युरिया उत्पादनको सम्भावना, आवश्यक प्रविधि र लगानीको ढाँचाबारे स्पष्ट खाका तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले ग्रीन युरिया उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमलाई विस्तृत प्रस्ताव पेस गर्न आग्रह गरेको छ। प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त उत्पादन प्रविधि, लगानीको स्वरूप, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा उद्योग स्थापनाका लागि आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने मन्त्रालयको अपेक्षा छ।

इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट ‘Concept Details and Modalities’ सम्बन्धी फाराम डाउनलोड गर्न सक्नेछन्।

आवेदकले आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा प्रस्ताव बुझाउन वा **[email protected]** इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij