२०८३ असोज २६ सोमबार

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध ‘पीआर’ को मुद्दा उठाउँदै उजुरी

ई आर्थिक    सोमबार, असोज २६ २०८३
133
Shares
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध ‘पीआर’ को मुद्दा उठाउँदै उजुरी

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दर्ता भएको छ।

जापानमै बसोबास गर्दै आएका अरुण पराजुलीले इमेलमार्फत उजुरी दिँदै थापासँग जापानको स्थायी आवासीय अनुमति (पीआर) र घरसम्पत्ति रहेकाले स्वार्थको द्वन्द्व हुने भन्दै उनको नाम अनुमोदन नगर्न माग गरेका हुन्।

सोमबारको समिति बैठकमा सचिव तुलबहादुर कँडेलले पढेर सुनाएको उजुरीअनुसार थापाले सन् २०१८ मा जापानको पीआर लिएको र कानागावा प्रिफेक्चरमा घर रहेको स्वीकार गरिसकेका छन्। परराष्ट्र मन्त्रालयको कार्यशर्त (टीओआर) मा कुनै पनि विदेशी मुलुकको आवासीय अनुमति नभएको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था रहेकाले उनको उम्मेदवारी मापदण्डविपरीत रहेको दाबी गरिएको छ।

उजुरीमा प्रस्तावित राजदूतको जापानमा रहेको सम्पत्तिले कूटनीतिक वार्तामा स्वार्थको द्वन्द्व सिर्जना हुने र जापान सरकारबाट ‘एग्रिमेन्ट’ प्राप्त नभई नेपालको प्रतिष्ठामा धक्का पुग्ने जोखिम औँल्याइएको छ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको राजनीतिक निकटताका आधारमा सिफारिस गरिएको आरोप लगाउँदै छानबिनको माग गरिएको छ।

यस्तै, भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको पत्रलाई समितिले ‘सुझाव’का रूपमा लिएको छ भने साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धको उजुरीमा गोप्य छलफल सुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij