२०८३ असोज २३ शुक्रबार

वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र, आइतबारदेखि नुवाकोट–रसुवा यातायात सञ्चालन गर्ने लक्ष्य

ई आर्थिक    बिहिबार, असोज २२ २०८३
703
Shares
वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र, आइतबारदेखि नुवाकोट–रसुवा यातायात सञ्चालन गर्ने लक्ष्य

नुवाकोट ।  नुवाकोट र रसुवालाई जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र गतिमा अघि बढाइएको छ। सडक सम्पर्क पुनःस्थापना गर्ने उद्देश्यले बेलिब्रिज जडानको काम रातको समयमा समेत निरन्तर भइरहेको छ।

हालसम्म बेलिब्रिज जडानको करिब आधा काम सम्पन्न भइसकेको छ। लगातार भइरहेको वर्षाका कारण कामको गतिमा केही असर परे पनि यसै साता जडान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित निकायका अनुसार बेलिब्रिज जडान सम्पन्न भएपछि आगामी आइतबारभित्रै पुलमार्फत नुवाकोट–रसुवा यातायात सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

बेलिब्रिज सञ्चालनमा आएपछि वर्षाका कारण अवरुद्ध बनेको नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित हुने र दुई जिल्लाबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij