२०८३ असोज १७ शनिबार

दसैँलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाएको छ : एसएसपी घिमिरे

ई आर्थिक    शनिबार, असोज १७ २०८३
209
Shares
दसैँलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाएको छ : एसएसपी घिमिरे

काठमाडौं । आगामी बडादसैँलाई लक्षित गर्दै काठमाडौं प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, डकैती, पाकेटमारी, ठगीलगायत आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालन तथा निगरानी बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले ‘दसैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मन्त्रका साथ चाडपर्वको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखिएको बताउनुभयो।

उहाँका अनुसार भीडभाड हुने क्षेत्र, प्रमुख बजार, सार्वजनिक यातायात, मुख्य सडक तथा संवेदनशील स्थानमा प्रहरीको उपस्थिति र निगरानी बढाइएको छ। चाडपर्वका बेला हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।

दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा आउने–जाने नागरिकको सुरक्षालाई समेत ध्यानमा राख्दै प्रहरीले विभिन्न स्थानमा सुरक्षा निगरानी बढाएको छ।

एसएसपी घिमिरेले चाडपर्वका समयमा नागरिकलाई पनि आफ्नो घर, धनमाल तथा यात्राको सुरक्षामा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। घर छाडेर यात्रा गर्दा घरको सुरक्षा सुनिश्चित गर्न तथा भीडभाडमा बहुमूल्य सामान र नगदको प्रयोगमा सचेत रहन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले दसैँका बेला हुन सक्ने सम्भावित चोरी, ठगी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधि रोक्न नागरिकको सहयोग पनि आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij