२०८३ असोज १८ आइतबार

जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक

ई आर्थिक    शनिबार, असोज १७ २०८३
304
Shares
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकअघि लामिछानेले जुम्लाबाट ल्याइएको स्याउ केन्द्रीय समिति सदस्यहरूलाई वितरण गर्नुभएको थियो। स्याउ वितरणपछि बैठक औपचारिक रूपमा सुरु भएको हो।

बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, उम्मेदवार छनोट समिति सदस्य मनोनयन तथा विभागीय प्रमुख र उपप्रमुखको मनोनयनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको रास्वपाले जनाएको छ।

त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने भनिएको ‘हामी आउँदै छौँ’ अभियानका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल गरी आवश्यक निर्णय गर्ने विषयसमेत बैठकको कार्यसूचीमा रहेको रास्वपाले जनाएको छ।

बैठकको सुरुवातमा जुम्लाको स्याउ वितरण गरिएसँगै पार्टीले बैठकमा स्थानीय उत्पादनलाई समेत जोड दिएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij