२०८३ असोज १६ शुक्रबार

नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न एनसीएचएल र GlZ बीच सहकार्य

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
437
Shares
नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्न एनसीएचएल र GlZ बीच सहकार्य

सार्वजनिक यातायातको टिकटिङदेखि भाडा संकलनसम्म डिजिटल बनाउने तयारी

काठमाडौं : एनसीएचएल र Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH बीच नेपालको मोबिलिटी तथा सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको प्रवद्र्धनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा GIZ–SET4NPL का प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरी सम्झौता आदानप्रदान गर्नुभएको हो ।

यस सहकार्य मार्फत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधारको प्रयोग गरी GIZ को SET4NPL परियोजना अन्तर्गतका पहलहरू मार्फत नेपालमा सार्वजनिक यातायात सम्बन्धी भुक्तानीको डिजिटलाइजेशनलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ । यसअन्तर्गत एनसीएचएल र GIZ ले उक्त परियोजनामार्फत विकास गरिएका यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्ल्याटफर्महरूसँग NEPALPAY QR, NEPALPAY Card र connectIPS  लगायतका पेमेन्ट च्यानलहरु इन्टिग्रेट गर्नेछन् । उक्त सहकार्यमा ओपन–लूप टिकटिङलाई प्रवद्र्धन गर्दै यात्रुहरूका लागि एनसीएचएलका भुक्तानी उपकरणमार्फत विभिन्न यातायात प्रणालीमा डिजिटल भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइनेछ । साथै, यसले टिकटिङ्ग, भाडा संकलन, कारोबार प्रोसेसिङ्ग तथा सेटलमेन्ट लगायत सार्वजनिक यातायात सम्बन्धी भुक्तानीका सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउन सहयोग पुग्नेछ । यस सँगै सार्वजनिक यातायात तथा विकसित हुँदै गरेका नयाँ मोबिलिटी सेवाहरूमा डिजिटल भुक्तानीको प्रयोगलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ ।

एनसीएचएलले इन्टिग्रेसन, टेस्टिङ्ग तथा डिप्लोयमेन्टका लागि एपीआई उपलब्ध गराउनका साथै प्राविधिक सहयोग प्रदान गर्नेछ । त्यस्तै GIZ–SET4NPL परियोजना अन्तर्गतका सम्बन्धित टिकटिङ्ग प्रणाली, एप्लिकेसन तथा उपकरणहरूमा एनसीएचएलका भुक्तानी माध्यमहरूको इन्टिग्रेसनमा सहजीकरण गर्नेछ ।
एनसीएचएलले नेपालको भुक्तानी इकोसिस्टमको डिजिटलाइजेशनलाई निरन्तर प्राथमिकताका साथ अघि बढाउँदै आएको छ र यस सहकार्यलाई दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका मोबिलिटी तथा सार्वजनिक यातायात सेवासम्म डिजिटल भुक्तानी पूर्वाधारको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमको रुपमा हेरिएको छ । त्यस्तै यातायात टिकटिङ्ग तथा भाडा संकलन प्रणालीलाई राष्ट्रिय भुक्तानी पूर्वाधारसँग जोड्दै यस पहलले सार्वजनिक यातायात तथा भविष्यका मोबिलिटी सेवाहरूमा डिजिटल भुक्तानीको व्यापक प्रयोगका लागि अहम भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलको बारेमा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्व तथा मार्गदर्शनमा स्थापना गरिएको एक पब्लिक लिमिटेड कम्पनी हो । हाल एनसीएचएलले NCHL-ECC, NCHL-IPS, NPS, connectIPS, NPI, CORPORATEPAY, connectRTGS, NEPALPAY QR, EFT Card Services र NEPALPAY Card लगायत १० भन्दा बढी प्रोडक्ट तथा सर्भिसेस्हरू सञ्चालन तथा कार्यान्वयन गर्दै आएको छ ।

GIZ को बारेमा

Deutsche Gesellschaft fur lnternationale Zusammenarbeit (GlZ) GmbH संघीय गणतन्त्र जर्मनी सरकारको स्वामित्वमा रहेको संस्था हो । यसले विगत ६० वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा कार्य गर्दै आइरहेको छ । GlZ ले विश्वभर आर्थिक विकास तथा रोजगारी प्रवद्र्धनका लागि विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । GlZ ले ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहयोग पु¥याउदै आएको छ र, विशेषगरी संवेदनशील तथा जोखिमयुक्त परिवेशमा शान्ति र सुरक्षाका लागि समेत कार्यरत छ ।

SET4NPL परियोजना GlZ र ग्लोबल ग्रिन ग्रोथ इस्टिट्यूट (GGGI) द्वारा नेपाल सरकारको सहयोगमा विकास गरिएको हो र यसलाई नेपालको दिगो विद्युतीय मोबिलिटी तथा सार्वजनिक यातायात इकोसिस्टमको विकासमा योगदान पु¥याउने लक्ष्य सहित Mitigation Action Facility ले फण्डिङ्ग गरेको छ । GlZ द्वारा कार्यान्वयन भइरहेको यस परियोजनाले ३,५०० भन्दा बढी विद्युतीय मिनी तथा माइक्रो बसको परिचालन, ई–टिकटिङ्ग, सार्वजनिक चार्जिङ पूर्वाधार, फ्लीट व्यवस्थापन सफ्टवेयर, ओपन–लूप टिकटिङ्ग प्रणाली तथा सम्बन्धित डिजिटल पूर्वाधार विकास लगायतका पहलहरूलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij