२०८३ असोज १३ मंगलबार

धनकुटामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, २ लाख ३६ हजार नगद बरामद

ई आर्थिक    मंगलबार, असोज १३ २०८३
114
Shares
धनकुटामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, २ लाख ३६ हजार नगद बरामद

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ पर्नेमा चौबिसे–२ का ३६ वर्षीय इमा मगर, मुढेवासका ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बू, ४२ वर्षीय योगेन लिम्बू र चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहेका छन्।

त्यस्तै, तास खेलिरहेको हेर्न बसेका चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समीर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर र राजारानीका ३५ वर्षीय धिरेन चेम्जोङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट २ लाख ३६ हजार २५० रुपैयाँ नगद र २१ बुङ तास बरामद भएको छ।

तास खेलिरहेको सूचनापछि प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नगद तथा ताससहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij