२०८३ भाद्र १४ आइतबार

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धार प्रयास : ड्रिलिङबाट ‘क्राउन’ पहिचान, क्यामेरा र अक्सिजन पठाइँदै

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
114
Shares
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धार प्रयास : ड्रिलिङबाट ‘क्राउन’ पहिचान, क्यामेरा र अक्सिजन पठाइँदै

काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।

आइतबार बिहानैदेखि प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले पुरिएको सुरुङमा जमेको लेदो र माटो हटाउँदै ड्रिलिङमार्फत उद्धारको बाटो खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा केहीबेरअघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ।

‘क्राउन’ पहिचान भएपछि ड्रिलिङ गरी बनाइएको प्वालमार्फत सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने तयारी तथा कार्य सुरु गरिएको बताइएको छ। क्यामेराको माध्यमबाट सुरुङभित्रको वास्तविक अवस्था बुझ्न र सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउन यो प्रयास महत्वपूर्ण मानिएको छ।

उद्धार टोलीले ड्रिलिङबाट बनाइएको प्वालमार्फत अक्सिजन र आवश्यक उपकरण सुरुङभित्र पठाउने तथा थुप्रिएको लेदो हटाउँदै उद्धारका लागि सुरक्षित मार्ग खोल्ने प्रयास जारी राखेको छ।

प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच पनि प्राविधिक र सुरक्षाकर्मीको टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

उद्धार टोलीले सुरुङभित्रको अवस्था यकिन गर्दै थप उपकरण र जनशक्तिको सहयोगमा उद्धार कार्य अघि बढाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij