२०८३ भाद्र १२ शुक्रबार

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो, उद्धारमा ४ हजार ४७३ प्रहरी परिचालित

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
114
Shares
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५४७ पुग्यो, उद्धारमा ४ हजार ४७३ प्रहरी परिचालित

काठमाडौं । नेपाल प्रहरीले बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट शुक्रबार अपराह्न ३ बजेसम्म ५४७ जनाको शव फेला परेको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३७, चितवनमा २२१, तनहुँमा २९ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन नेपाल प्रहरीले ४ हजार ४७३ जना प्रहरी कर्मचारी परिचालन गरेको जनाएको छ।

प्रहरीका अनुसार हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। तीमध्ये एक जना प्रहरी कर्मचारीको शव फेला परेको छ।

त्यस्तै, विपद्मा १ हजार ४७३ जना घाइते तथा उद्धार गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका प्रभावित व्यक्तिको संख्या ९४ जना रहेको छ।

प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij