२०८३ भाद्र १२ शुक्रबार

रसुवा बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारी उद्धार गर्न थप हेलिकोप्टर परिचालन

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०८३
95
Shares
रसुवा बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारी उद्धार गर्न थप हेलिकोप्टर परिचालन

काठमाडौं । बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणले थप हेलिकोप्टर परिचालन गरेको छ।

प्राधिकरणका अनुसार उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकोप्टर आज काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइएको हो।

सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै उद्धार टोली घटनास्थलतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।

विशेषगरी नुवाकोट र रसुवाका बाढी प्रभावित जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै, शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राखिएको भन्दै प्राधिकरणले आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्राधिकरणले विपद्को कठिन परिस्थितिमा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गरेको छ। साथै, भ्रमपूर्ण सूचना फैलिन सक्ने भन्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij