काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्षसहित सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राख्न वा धरौटी माग गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा पौडेलको प्रत्यक्ष संलग्नता पुष्टि नभएको, उनले आरोप अस्वीकार गर्दै बयान दिएको तथा दीपक भट्टसँगको आर्थिक कारोबार वा कुनै प्रकारको सम्पत्ति तथा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको उल्लेख गरेको छ।
यी आधारमा अदालतले मुद्दाको प्रक्रिया अघि बढाउने क्रममा उनलाई सामान्य तारेखमा राख्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। विभागले अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको थियो।