काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
सोही कार्यक्रममा नवनियुक्त अध्यक्ष थापा स्वयंले आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
यससँगै त्रिभुवन विश्वविद्यालय सेवा आयोग पूर्ण भएको छ।