काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोरखेलका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिनेछ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुनुका साथै आवश्यक निर्णय गरिने अपेक्षा गरिएको छ। यद्यपि बैठकको विस्तृत कार्यसूची सार्वजनिक गरिएको छैन।
मन्त्रिपरिषद्को बैठकबाट विभिन्न मन्त्रालयका प्रस्ताव, नीति तथा कार्यक्रम, प्रशासनिक नियुक्ति लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने बताइएको छ।