काठमाडाैं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने National Best Presented Annual (BPA) Report Award–2025अन्तर्गत Bronze Award प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। यस अवार्डले आई.एम.ई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागतरुपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ ।
त्यसैगरी, कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ’ ए माइनस (ब्–)’ क्रेडिट रेटिङ प्राप्त गर्ने जीवन बीमा कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको छ।
नेपालका सबैजसो जिल्लामा फैलिएको १६० वटा शाखा तथा उपशाखा, देशभर फैलिएका ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताका साथै आईÞ.एम.ई लाइफ “ भविष्य सुनिश्चित गर्दै“ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै निरन्तर अगाडि बढिरहेको छ ।