२०८३ भाद्र २६ शुक्रबार

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित

ई आर्थिक    आइतबार, असार १४ २०८३
912
Shares
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित

काठमाडौं। प्रतिनिधिसभाले आर्थिक विधेयक २०८३ बहुमतले पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पुँजीगत खर्च न्यून हुने अवस्थाको अन्त्य गर्न सरकारले विशेष जोड दिने बताए।

मन्त्री वाग्लेले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै अतिरिक्त भार नपर्ने स्पष्ट पार्दै अर्थतन्त्र सुधारका लागि महत्त्वाकाङ्क्षी बजेट ल्याइएको र त्यसको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन थाल्ने विश्वास व्यक्त गरे।

उनले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने जानकारी दिँदै समितिको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने बताए।

बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने उल्लेख गर्दै उनले राजस्व संकलनमा समस्या आए आवश्यक परे आपतकालीन व्यवस्था अपनाउन सकिने बताए।

यस्तै, राइड सेयरिङ सेवामार्फत हुने अर्बौं रुपैयाँको कारोबारलाई करको दायरामा ल्याउन सरकारले आवश्यक नीति तयार गरिरहेको जानकारी पनि उनले दिए।

आर्थिक विधेयकमाथि दर्ता भएका केही संशोधन प्रस्ताव फिर्ता भएका छन् भने अधिकांश संशोधन प्रस्ताव अस्वीकृत भएका छन्। केही संशोधन प्रस्ताव भने प्रतिनिधिसभाले स्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij