२०८३ साउन ११ सोमबार

नेपाल–साउदी श्रमिक सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न मन्त्री यादवको आग्रह

ई आर्थिक    शनिबार, असार १३ २०८३
988
Shares
नेपाल–साउदी श्रमिक सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न मन्त्री यादवको आग्रह

काठमाडौँ ।  युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव श्री अब्दुल रहमान के. घोषोमसँग शिष्टाचार भेट गर्दै द्विपक्षीय श्रम तथा रोजगारसम्बन्धी विषयमा छलफल गर्नुभएको छ।

भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (SVP) प्रक्रिया तत्काल स्थगन गर्न विशेष आग्रह गर्नुभयो। साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित नहुने सुनिश्चित गर्दै हालको भिसा प्रक्रिया यथावत् रूपमा अघि बढाउन पनि उहाँले अनुरोध गर्नुभयो।

हाल साउदी अरब जाने तयारीमा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो।

उहाँले सिप प्रमाणीकरण (SVP) सम्बन्धी विषयहरू द्विपक्षीय परामर्श र आपसी सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

भेटमा साउदी अरबका तर्फबाट राजदूतले यस विषयमा साउदी सरकारसँग आवश्यक परामर्श गरी थप जानकारी उपलब्ध गराइने जानकारी दिनुभएको छ।

साउदी अरव सँग सम्बन्धित श्रमिक नीति तथा प्रक्रिया विषयमा छलफल सकारात्मक रूपमा अघि बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij