२०८३ साउन ११ सोमबार

मोरङ कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ, कैदीबन्दीबाट रकम असुली गरेको आरोप

ई आर्थिक    शनिबार, असार १३ २०८३
703
Shares
मोरङ कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ, कैदीबन्दीबाट रकम असुली गरेको आरोप

विराटनगर ।  मोरङ जिल्ला कारागारका कैदीबन्दीमाथि लामो समयदेखि आर्थिक शोषण र रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता तथा कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। गिरीमाथि कैदीबन्दीहरूमाथि आर्थिक शोषण र अवैध रकम असुली गरेको आरोप लागेको छ। उनी पक्राउ परेपछि मोरङ कारागारभित्र रहेका कैदीबन्दीहरूले कडा कारबाहीको माग गर्दै शनिबार विरोध प्रदर्शन र नाराबाजी गरेका छन्।

यसैबीच, अवैध हतियार लुकाएको आशंकामा प्रहरीले गिरीको निवासमा पनि छापा मारेको छ। शनिबार बिहान झिसमिसेदेखि नै प्रहरी टोलीले घरलाई घेरा हालेर विस्तृत खानतलासी (सर्च अपरेसन) सञ्चालन गरेको हो।

प्रहरी स्रोतका अनुसार विशेष सूचनाका आधारमा घरभित्र हतियार वा अन्य शंकास्पद सामग्री राखिएको हुनसक्ने आशंकामा खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु रहेको आशंकामा खोजी कार्य भइरहेको पुष्टि गरेका छन्। उनले विस्तृत विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij