२०८३ भाद्र २८ आइतबार

पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही फुकुवा

ई आर्थिक    शुक्रबार, असार १२ २०८३
1.7K
Shares
पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही फुकुवा

 काठमाडौं।  नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरिएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले बिहीबार जारी गरेको सूचनाअनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रिया अन्तिम चरणमा पुगेपछि उक्त कारबाही फुकुवा गरिएको हो।

राष्ट्र बैंकका अनुसार पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय समायोजनपछि संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा निकै कम देखिएको थियो।

त्यसपछि २०८१ माघ २३ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारबाही गरिएको थियो।

यसबीच, समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रस्तावलाई समितिले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। गाभिएपछि २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा संयुक्त संस्थाको प्राथमिक पुँजी अनुपात ६.०६ प्रतिशत तथा कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको राष्ट्र बैंकले जनाएको छ।

उक्त आधारमा समितिको २०८३ असार १० गतेको निर्णयअनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी पोखरा फाइनान्स लिमिटेडमाथि लगाइएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij