२०८३ साउन ११ सोमबार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउँदै

ई आर्थिक    बिहिबार, असार ११ २०८३
931
Shares
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउँदै

जुम्ला : जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार बिहान ५ः३६ बजे स्थानीय मापन (एमएल) अनुसार ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जुम्लाको टाम्टी क्षेत्र रहेको थियो। भूकम्पको धक्का जुम्ला तथा आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ।

हालसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।

स्थानीय प्रशासन तथा सरोकारवाला निकायले प्रभावित क्षेत्रको अवस्था बुझ्ने कार्य जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij