२०८३ साउन १० आइतबार

स्वास्थ्य मन्त्री मेहता र सांसद ढकालद्वारा बकुलहर रत्ननगर अस्पतालको अवलोकन

ई आर्थिक    बुधबार, असार १० २०८३
513
Shares
स्वास्थ्य मन्त्री मेहता र सांसद ढकालद्वारा बकुलहर रत्ननगर अस्पतालको अवलोकन

चितवन। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता र सांसद हरि ढकाल ले बकुलहर रत्ननगर अस्पताल को अवलोकन गरेका छन्।

अवलोकनका क्रममा मन्त्री मेहता र सांसद ढकालले अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा, उपलब्ध पूर्वाधार तथा प्राविधिक क्षमताका विषयमा अस्पताल प्रशासनसँग छलफल गरेका थिए। उनीहरूले अस्पतालको वर्तमान अवस्था, सेवाको गुणस्तर र आगामी आवश्यकताबारे जानकारी लिएका थिए।

अवलोकनपछि मन्त्री मेहताले अस्पतालको भौतिक संरचना सुदृढीकरण तथा प्राविधिक क्षमताको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्। उनले स्वास्थ्य संस्थाहरूलाई थप प्रभावकारी र सेवामुखी बनाउन सरकार आवश्यक पहल गर्न तयार रहेको धारणा व्यक्त गरिन्।

सांसद ढकालका अनुसार अस्पतालको सेवा विस्तार, उपकरण व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा मन्त्रीसँग सकारात्मक छलफल भएको छ। उनले बकुलहर रत्ननगर अस्पताललाई क्षेत्रीय रूपमा अझ प्रभावकारी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न आवश्यक सहयोग जुटाइने विश्वास व्यक्त गरे।

स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पतालको क्षमता अभिवृद्धि गर्न संघीय, प्रदेश तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा समेत छलफल केन्द्रित भएको बताइएको छ।

अस्पताल व्यवस्थापन पक्षले पनि सेवा प्रवाहमा देखिएका चुनौती तथा आवश्यकताबारे मन्त्री र सांसदसमक्ष जानकारी गराएको जनाएको छ। अवलोकन कार्यक्रमपछि अस्पतालको विकास र सेवा विस्तारका लागि आवश्यक पहल अगाडि बढाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij