२०८३ साउन ११ सोमबार

११ महिनामा ७ लाख २२ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा

ई आर्थिक    सोमबार, असार ८ २०८३
817
Shares
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपाली युवाको संख्या ७ लाख २२ हजार नाघेको छ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा कुल ७ लाख २२ हजार ८ सय ४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ हजार ५ सय ५० ले कम हो।

गत आर्थिक वर्षको सोही अवधिमा ७ लाख ६० हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका थिए। यस वर्ष श्रम स्वीकृति लिनेको संख्या घटे पनि वैदेशिक रोजगारीप्रति युवाको आकर्षण भने उच्च नै रहेको देखिन्छ।

विभागका अनुसार चालु वर्षमा श्रम स्वीकृतिको संख्या घट्नुमा सरकारले एक महिनाभन्दा बढी समय खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति प्रक्रिया रोक्नु प्रमुख कारण रहेको छ। उक्त अवधिमा नयाँ श्रम स्वीकृति जारी हुन नसक्दा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या प्रभावित भएको थियो।

वैदेशिक रोजगारी नेपाली युवाका लागि अझै पनि प्रमुख रोजगारीको विकल्प बनेको छ। स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा हरेक वर्ष ठूलो संख्यामा युवा श्रम बजारका लागि विदेशिने क्रम जारी रहेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij