२०८३ साउन ९ शनिबार

सिभिल, सुमेरुलगायत समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई दाबी पेश गर्न आह्वान, समयसीमा ३० दिन

ई आर्थिक    शुक्रबार, असार ५ २०८३
893
Shares
सिभिल, सुमेरुलगायत समस्याग्रस्त पाँच सहकारीका बचतकर्तालाई दाबी पेश गर्न आह्वान, समयसीमा ३० दिन

काठमाडौं : बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका पाँच वटा सहकारी संस्थाका बचतकर्ता, सदस्य तथा साहुहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी पेश गर्न आह्वान गरेको छ।

समितिले सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश सहकारी ऐन, २०७६ बमोजिम समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालाले आफ्नो दाबी अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको हो।

सूचनाअनुसार काठमाडौंको सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, खुसीबुँस्थित ललितपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोंगबुस्थित नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा ललितपुरको पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ता तथा सम्बन्धित पक्षहरूले दाबी पेश गर्न सक्नेछन्।

समितिले सूचना पुनः प्रकाशन भएको मितिबाट ३० दिनभित्र आफ्नो दाबी दर्ता गर्न आग्रह गरेको छ। दाबी समितिको आधिकारिक वेबसाइटमार्फत अनलाइन रूपमा पेश गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

बागमती प्रदेश सरकारले विभिन्न समयमा ती सहकारी संस्थाहरूलाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको जिम्मेवारी समितिलाई दिएको थियो। सोही प्रक्रियाअन्तर्गत बचतकर्ताले फिर्ता पाउनुपर्ने रकम तथा अन्य दाबीहरूको विवरण संकलन गर्न सूचना जारी गरिएको समितिले जनाएको छ।

समितिले तोकिएको समयावधिभित्र अनलाइन आवेदन दर्ता गरी आफ्नो दाबी सुरक्षित गर्न सम्बन्धित सबै बचतकर्ता, सदस्य तथा साहुहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij