२०८३ साउन ११ सोमबार

स्वास्थ्य बिमा ऐन संशोधन थप प्रभावकारी गरी बनाइदै, जलन उपचारका लागि २० करोड बजेट

ई आर्थिक    बिहिबार, असार ४ २०८३
1.5K
Shares
स्वास्थ्य बिमा ऐन संशोधन थप प्रभावकारी गरी बनाइदै, जलन उपचारका लागि २० करोड बजेट

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ।

मन्त्री मेहताले स्वास्थ्य बिमा ऐन संशोधनका लागि गृहकार्य भइरहेको जानकारी दिँदै सरोकारवालासँग आवश्यक सुझावसमेत माग गर्नुभयो। उहाँका अनुसार सङ्गठित क्षेत्रमा स्वास्थ्य बिमा अनिवार्य गर्ने, आधारभूत स्वास्थ्य सेवालाई बिमा कार्यक्रमबाट अलग गर्ने तथा विभिन्न कोषअन्तर्गत सञ्चालन भएका बिमा कार्यक्रमलाई स्वास्थ्य बिमामा समाहित गर्ने तयारी भइरहेको छ।

उहाँले दशकौँदेखि औषधिको मूल्य समायोजन हुन नसकेको विषयमा मन्त्रालय गम्भीर रहेको बताउँदै औषधि परामर्श परिषद्मार्फत चाँडै आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

मन्त्री मेहताले आगामी आर्थिक वर्षका लागि जलन उपचारसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै जलन कोष सञ्चालनका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो। साथै, कीर्तिपुर अस्पताल र वीर अस्पतालमा जलन उपचार सेवाको विस्तार तथा सुदृढीकरणका लागि आवश्यक बजेट छुट्याइएको जानकारी दिनुभयो।

उहाँले जलन उपचारसम्बन्धी कानुनलाई छिट्टै संसद्मा पेस गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij