२०८३ साउन ११ सोमबार

महोत्तरीमा एउटै आँपको बोटमा मालदह र दशहरी फल्दा किसान दंग

ई आर्थिक    बुधबार, असार ३ २०८३
1.4K
Shares
महोत्तरीमा एउटै आँपको बोटमा मालदह र दशहरी फल्दा किसान दंग

महोत्तरी। तराई-मधेशमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ। हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्।

यहाँ उत्पादन हुनेमध्ये मालदह र दशहरी जातका आँप अन्यको तुलनामा स्वादिष्ट हुने भएकाले सबैको रोजाइमा पर्दै आएको पाइन्छ।

यसैबीच महोत्तरीको भङ्गाहा-४ रामनगरका किसान रामभगत महतोको आँगनमा भने एउटै बोटमा दुई स्वादिष्ट जातका आँप फलेका छन्। उनको घरआँगनको एउटै बोटमा ती दुवै जातका आँप फलेका छन्।

महतोले मालदहको बिरुवा भनी दुई वर्षअघि रोपेको बोटमा पहिलोपल्ट यसपालि फल लागेको हो। त्यस आँपको बोटका मुख्य दुई हाँगामा फरक-फरक जातका आँप फलेका हुन्।

किसान महतोले भने, ‘हेर्नुस त एकापट्टि मालदह र यो अर्काे हाँगामा दशहरी फल्यो, दुवै स्वादिष्ट जातका आँप गनिन्छन् म खुसी छु।’ त्यो बोटमा मालदहका दाना ठूला रहेका र दशहरीका फल औसत रूपमा साना छन्।

आँपको बिरुवामा कलमी लगाउँदा फेदतिर दशहरी र माथिल्लो भाग मलदहको हाँगो फाटेर गएको हुनसक्ने बागवानी विज्ञका रूपमा लामो सरकारी सेवाबाट अवकाश लिएका स्थानीय ताराबहादुर भुजेल बताउँछन्। तथापि, एउटै बोटमा दुई जातका आँप फल्नु दुर्लभ घटना र अपवादमा भेटिने गरेको उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij